काठमाडौं —सिम्रिक एयरले नेपालमै पहिलोपटक बेलको जेट रेन्जर हेलिकप्टर ल्याउने भएको छ।
अमेरिकनरक्यानेडियन कम्पनीको उत्पादन बेलको नयाँ सिरिजको हेलकप्टर सिम्रिकले ल्याउने तयारी गरेसँगै जनवरीको अन्तिमसम्म हेलिकप्टर नेपाल बउने कम्पनीका महाप्रबन्धक प्रेम थापाले जानकारी दिए,
सिम्रिकल बेल ५०५ जेट रेन्टर एक्स सिरिजका दुई हेलिकप्टरे एकैपटक ल्याउने भएको हो। हाल पाँचवटा हेलिकप्टर भएको सिम्रिकसँग अहिले चारवटा एयरबसका हेलिकप्टर छन् भने एउटा बेलकै छ।
नयाँ आउने हेलिकप्टर उच्च हिमाली क्षेत्रमा उड्न अझ सहज हुने र मेडिकल रेस्क्युका लागि पनि अनुकुल हुने थापाको विश्वास छ। ’बेलका यी नयाँ हेलिकप्टरमा समथर सिट हुन्छन् जसका कारण स्ट्रेचर राख्न सहज हुने बताएका छन्।