एजेन्सी – तालिबानीको कब्जामा तीन वर्ष बिताएका अष्ट्रेलियन नागरिकले स्वदेश फर्किएपछि अमेरिकी सेनाको पहलको प्रशंसा गरेका छन्।
अमेरिकी विशेष फौजले अष्ट्रेलियन नागरिक टिमोथी विक्स र अमेरिकी नागरिकलाई रिहा गराउन ६ पटकसम्म पहल गरेको खुलासा गरेका छन्। ५० वर्षीय टिमोथी अष्ट्रेलिया पुगेर सार्वजनिक रुपमा आफ्नो बन्दी अनुभव पहिलो पटक व्यक्त गरेका हुन्।
जो अमेरिकी नागरिक केभिन किङसँगै तालिबानी कब्जामा तीन वर्ष बिताएका थिए। अधिकांश समय उनीहरुले अफगानिस्तान र पाकिस्तानमा बिताएको बताइएको छ। उनीहरु दुबै काबुलस्थित अमेरिकी विश्वविद्यालयका प्राध्यापक हुन्। २०१६ को अगस्टमा उनीहरु दुवै कलेजबाट फर्किँदै गर्दा पोशाकमा रहेका हतियारधारी लडाकुको कब्जामा परेका थिए।
मलाई यसले कसरी पूर्ण रुपमा बदल्यो भनेर व्यक्त गर्ने शब्दको खोजीमा संघर्ष गरिरहेँ। यदी मेरो मृत्यु नजिकै भए म आफूलाई माया गर्नेहरुलाई भेट्न पाउँदिन भन्ने लाग्यो। तर भगवानको अनुकम्पाले म यहाँ छु, म जीवीत नै छु, म सुरक्षित छु,’ टिमोथीले भने।अष्ट्रेलियन र अमेरिकी दुई नागरिकलाई तालिबानले अफगान सरकारसँग शर्तसहित रिहा गरेको हो। अफगान सरकारले तालिबानी बन्दी रिहा गरेपछि उसले पनि दुई बन्दीलाई रिहा गरेको हो।