तस्वीरः अनलाइन खबरबाट
एजेन्सी–बलिउडमा मात्र होईन हलिउड र कलिउडमा पनि नायक र नायिकाविचको पारिश्रमिकको अन्तर छ। नायकले लिने पारिश्रमिकको तुलानामा नायिकालाई निकै नै कम पारिश्रमिक दिइन्छ। यो बिषयमा लामो समयदेखि बहस हुँदै आएपनि यो अन्तर कम भएको छैन। बलिउडका नायिकाहरुले समय–समयमा यो बिषयमा आवाज उठाउँदै पनि आएका छन्। यो बिषयमा चर्चित नायिका कट्रिना कैफले पनि आफ्नो मुख खोलेकी छिन्। कट्रिना भन्छिन्,‘नायक–नायिकाविच हुने पारिश्रमिक अन्तरले मलाई कहिले पनि रिस उठ्दैन। बरु, यो क्षेत्रमा अझै राम्रो गर्ने हौसला प्रदान हुन्छ।’
कैफ अगाडि भन्छिन्,‘यो कुरामा रिसाउनुको कुनै अर्थ छै । बरु, त्यो स्थान छुने लक्ष्य लिन आवश्यक छ। म नायक विनाको एक्सन चलचित्र गर्न चाहन्छु। जसको बजेट ठूलो होस् र म त्यो चलचित्रलाई आफ्नै तागतमा हिट बनाउन सकुँ।’ कैफले भनिन्, ‘बलिउडमा नायिका केन्द्रित चलचित्र पनि बनेका छन्। तर, ती चलचित्रले बक्स अफिसमा राम्रो कलेक्शन गर्न सकेनन्। जसकाकारण, नायकहरु नै चलचित्रमा हाबी छन्।
हामीले, महिला केन्द्रित चलचित्रमा ध्यान दिन जरुरी छ र त्यस्ता चलचित्रमा लगानी गर्न आवश्यक पनि छ।’ कट्रिनाले नायिकाहरुले पनि निर्माताको लगानी सुरक्षित गर्न सक्ने जोखिम मोलेर त्यस्ता चलचित्रमा लगानी गर्न आकर्षित गर्नुपर्ने बताइन्।