काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत फुटबलमा बंगादेशविरुद्ध भुटानले ऐतिहासिक जित निकालेको छ। दशरथ रंगशालमा भएको खेलमा भुटानले बंगादेशलाई १–० गोलले पराजित गरेको हो।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा गोलरहित बराबरी सकिएको थियो। दोस्रो हाफमा आक्रामक बनेको भुटानले ६४ औं मिनेटमा निर्णायक गोल गरेको थियो।
बंगलादेशमाथि भुटानको दास्रो जित हो। यसअघि भुटानले बंगलादेशमाथि एक पटक जित निकालेको थियो। सन् २०१६ मा भएको एएफसी एसिया कपमा उसले बंगलादेशलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो।