तस्वीरः अनलाइन खबरबाट
काठमाडौं– निर्देशक दिवाकर भट्टराइले नयाँ चलचित्र निर्देशन गर्ने तयारी गरिरहेका छन्। हुनत, चलचित्र बजारमा उनले नायिका दीपिका प्रसाँई र नायक आर्यन सिग्देलको जोडीलाई लिएर चलचित्र बनाउने चर्चा पनि नचलेको होइन।
तर, दिवाकरले आर्यन र दीपिकाको जोडी भन्दा अगाडि अर्को एक चलचित्र बनाउने तयारी गरेका छन्। चलचित्रको नाम ‘तिमीसँगै हुने मन छ’ राखिएको छ। यो चलचित्रमा नायिका दीपिका प्रसाँई पहिले नै फाइनल थिइन्। अब, भने चलचित्रमा दुई कलाकारको प्रवेश भएको छ।
चलचित्रमा नायक पल शाह र मोडल निराजन प्रधानले काम गर्ने पक्का भएको छ। नायक पल शाह चलचित्र ‘हृदयभरी’ को छायांकनमा व्यस्त छन् भने उनले हालसालै चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को छायांकन सकाएका छन्। दिवाकर र दीपिका भने यतिबेला अमेरिका पुगेका छन्। चलचित्रको छायांङ्कन फागुणबाट सुरु हुने बताइएको छ। यो टिमसँग काम गर्ने अवसर जुटेकोमा दिवाकर एकदमै उत्साही देखिन्छन्।