तस्वीरः अनलाइन खबरबाट
एजेन्सी– केही समय अगाडिदेखि विदेशमा अवार्डको लागि कलाकारहरु एक देशबाट अर्को देशमा पुगिरहेका छन्। अमेरिकामा आयोजना भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ मा नायक अनमोल केसी र नायिका नम्रता श्रेष्ठले ‘स्टार अफ दि इयर’ को अवार्ड जिते। दुबैले आफ्नो सामाजिक संजालमा तस्वीर शेयर गरेका छन्। नम्रताले भने हामी दुइले अवार्ड प्राप्त गरेको भन्दै खुशी भएको अनुहार भन्दै तस्वीर शेयर गरेकी छिन्।
रोचक कुरा त के छ भने, यो अवार्डमा सहभागी अधिकांश कलाकारलाई कुनै न कुनै टाइटलमा अवार्ड प्रदान गरिएको छ। पछिल्लो समयमा नेपाली चलचित्रका नाममा स्वदेश वा विदेशमा आयोजना हुने अवार्डको महत्व निकै कम भएको छ। तर, पनि कलाकारहरु अवार्ड प्राप्त गर्दा खुशी नै देखिन्छन्। अमेरिकामा आयोजना भएको अवार्डमा नम्रता र अनमोलले अवार्ड जित्दा दुबै जनाको बोन्डिङ पनि गज्जबको देखिएको छ। हुनत, अमेरिका पुगेसँगै नम्रता र अनमोलको तस्वीर सामाजिक संजालमा सार्वजनिक भैरहेका छन्।
नम्रता आफूलाई मनपर्ने नायिका भएको अनमोलले बताउँदै आएका छन्। नम्रता र अनमोलले एक अर्कालाई व्यक्तिगत कुरा पनि शेयर गर्ने बताउँदै पनि आएका छन्। नम्रता पनि अनमोलको बानी ब्यहोरा र काम गर्ने तरीकाबाट आफू प्रभावित भएको बताउँछिन्। यसरी कलाकारले एकले अर्को को प्रशंसा गर्नु भनेको सकारात्म कुरा हो। नम्रता र अनमोल सँगै भुवन केसीलाई पनि सँगै देख्न सकिन्छ।