काठमाडौं– यतिबेला चलचित्र ‘चपली हाइट ३’ को छायाङ्ंकन धमाधम चलिरहेको छ। थ्रीलर कथामा निर्माण भैरहेको यो चलचित्रलाई निकेश खड्काले निर्देशन गरिरहेका छन्। चलचित्रमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी लगायतका कलाकारको अभिनय छ।
यसैविच, यो चलचित्रमा नयाँ नायक अर्पण थापाको इन्ट्री भएको छ। निर्माता अर्जुन कुमारले अर्पणको लुक्स सार्वजनिक गरेका छन्। अर्पणको भूमिका हेर्दा उनी चलचित्रमा खलपात्रको भूमिकामा देखिन लागेको अड्कल लगाउन सकिन्छ।
नायक अर्पण थापाको प्रवेशसँगै चलचित्रको टिम झनै बलियो बनेको छ। यो चलचित्र चैत्रको २८ गतेबाट रिलिज हुने तयारीमा छ। चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचिरहेका छन्। नेपाली नयाँ बर्षको लागि आशा गरिएको चलचित्र भनेर पनि यसलाई भनिएको छ।