काठमाडौं– नायिका प्रियंका कार्की नेपालकै नम्बर १ नायिका हुन्। नायक आयुष्मान देशराज जोशी र नायिका कार्कीको इन्गेजमेन्ट भैसकेको छ। उनीहरुले, असार महिनामै बिहे गर्ने तयारी पनि गरेका थिए। तर, आयुष्मान र प्रियंकाको बिहे तोकिएको मितिमा भने हुन सकेन। बजारमा अहिले नायिका ऋचा शर्मादेखि आँचल शर्माको बिहेको चर्चा सुरु भैसकेको छ। तर, प्रियंका र आयुष्मानको बिहेको चर्चा भने सेलाएको छ।
चलचित्रको काममा पनि आयुष्मान र प्रियंका खासै व्यस्त छैनन्। यस्तो अवस्थामा यी दुइलाई बिहे गर्न के कुराले रोकिरहेको छ, यो उनीहरुले नै जान्ने कुरा भयो। कित उनीहरु यसरी प्रेममा हराए कि विहे गर्न नै विर्से किनकि उनीहरु लिभिङ् टुगेदरमा छन्। शुरुवातको प्रेम यस्तै हो सबै कुरा बिर्साउँछ। उनीहरु होसमा आए भने अवश्य पनि विहे गर्नेछन्।
तर, आयुष्मान र प्रियंकाले सामाजिक संजालबाट भने प्रेम दर्शाउन कुनै कसर बाँकी राखेका छैनन्। हालैमात्र प्रिंयंकाले आयुष्मानसँग चुम्बन गर्दै गरेको एउटा तस्वीर पोष्ट गरेकी छिन्। जहाँ, उनले लेखेकी छिन्,‘मेरो आज र मेरा सबै भोलीह।’ प्रियंकाका अनुसार, आयुष्मान उनका लागि आज र भोली हुन्। यसमा आयुष्मान जवाफ फर्काउछन्,‘सधै र सधै र त्यसपछिको दिन’। यसबाट पनि वुझिन्छ कि, उनीहरुको प्रेम झनै फराकिलो बनिरहेको छ।