पाेखरा _ मंसिर १४ गते सम्पन्न उपनिर्वाचन अन्तर्गत गण्डकी प्रदेशमा तीनै तहको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार विजयी भएका छन्।
प्रतिनिधिसभा सदस्य कास्की क्षेत्र नं. २ बाट विद्या भट्टराई, वागलुङ निर्वाचन क्षेत्र नं. २ (ख)बाट प्रदेशसभा सदस्यमा खिमविक्रम शाही र लमजुङ, बागलुङ तथा नवलपुरबाट वडाअध्यक्षमा नेकपाका उम्मेदावार निर्वा्िचत हुनुभएको हो।
तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनाको कारण रिक्त रहेको उक्त स्थानमा रवीन्द्र अधिकारीकी धर्मपत्नी विद्या भट्टराई अधिकारीले २४ हजार ३९४ मत प्राप्त गरी विजयी हुनु भएको हो। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार खेमराज पौडेलले १५ हजार ९९१ मत प्राप्त गर्नुभएको थियो । मतान्तर आठ हजार ३९३ रहेको थियो।
त्यसैगरी प्रदेशको एक मात्र प्रदेशसभा सदस्य निर्वाचन बागलुङ जिल्ला निर्वाचन २(ख) मा सत्तारुड दल नेकपाको समर्थनमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमविक्रम शाही निर्वा्िचत हुनुभएको छ। सो क्षेत्रबाट राजमोबाट निर्वा्िचत प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको निधनको कारण भएको उपनिर्वाचनमा उम्मेदवार शाहीले ११ हजार २३५ मत प्राप्त गरी विजयी हुनुभएको हो।
उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जीत शेरचनले नौ हजार १३८ मत प्राप्त गर्नुभएको थियो । सो क्षेत्रमा मतान्तर दुई हजार ९७ रह्यो। लमजुङको सुन्दर बजार नगरपालिका–२ को वडाअध्यक्षमा नवीनकुमार श्रेष्ठ, वागलुङ वडिगाड गाउँपालिका–२ को वडाअध्यक्षमा ढालप्रसाद शेरचन र नवलपुर जिल्ला बौडीकाली गाउँपालिका–५ को वडाअध्यक्षमा खिमबहादुर थापा विजयी हुनु भएको हो। –रासस