काठमाडौं — राजपा नेपालकी महामन्त्री तथा प्रतिनिधिसभा सदस्य चन्दा चौधरीले मंसिर १५ गतेको उपनिर्वाचन धाँधलीरहित रुपमा सम्पन्न भएको भन्दै निर्वाचन आयोग, सरकार, सुरक्षा निकाय र आम मतदाताहरुलाई धन्यवाद दिएकी छिन।
पूर्वमन्त्रीसमेत रहेकी नेतृ चौधरीले भनिन्,‘यो निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भयो। कहीँकतै धाँधली भएन्। यो खुशीको कुरा हो। म निर्वाचन आयोगलगायत सम्बन्धित सबै निकायलाई यहाँबाट धन्यवाद दिन चाहन्छु।’ सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै निर्वाचनमा हार÷जित हुनु स्वभाविक भएको उनको बताईन्। चौधरीले भनिन्,‘लोकतान्त्रिक देशमा निर्वाचनमा हार र जित हुनु स्वभाविक हो।’ उनले कांस्की क्षेत्र नम्बर २ मा संघीय संसदको लागि भएको निर्वाचनमा नेकपाकी विद्या भट्टराईले जितेकोमा खुशी व्यक्त गरिन्।
उनले भनिन्,‘विद्याजीप्रति हाम्रो सहानुभुति थियो।उनले जित्नुपर्छ भन्ने नै हाम्रो चाहना थियो। नतिजा त्यही आयो, यो खुशीको कुरा हो।’ केन्द्रमामात्रै नेकपा र कांग्रेसबीच सत्तापक्ष र प्रतिपक्षको सम्बन्ध रहेको बताउँदै उनले यो पटकको उपनिर्वाचनमा कतिपय ठाउँमा दुवै पार्टी मिलेको पनि टिप्पणी गरिन्। उनले भनिन्,‘महोत्तरीमा त कांग्रेस र नेकपाबीच आन्तरिक एकता देखियो। पिपरा गाउँपालिकामा त्यही देखियो। उहाँहरु जसरीपनि मधेशवादी दललाई हराउनैपर्छ भनेर लागे।’
चौधरीले महोत्तरीको कतिपय वडामा कांग्रेसको पकड रहेको क्षेत्रमा पनि नसोचेको मत खसेको सुनाईन्। उनले भनिन्,‘जबकी पिपरा गाउँपालिका भनेको कांग्रेसको पकड क्षेत्र हो। त्यहाँ रामचन्द्र तिवारी, हरिशंक मिश्राजस्ता हस्तीहरु छन्। पिपरा गाउँपालिकामा कांग्रेसको १९ सयको हाराहारीमा मत खसेको छ। सोही गाउँपालिकाको वडा नम्बर ६ मा त कांग्रेसको जम्मा २४ मत खसेको छ। यो विश्वास गर्ने मत नै होईन्। जबकी यो क्षेत्र कांग्रेसका गढ मानिन्छ।’
नेतृ चौधरीले उपनिर्वाचनमा राजपा र समाजवादी पार्टीले चुनावी गढबन्धन नबनाएकोमा भने असन्तुष्टि पोखिन्। उनले भनिन्,‘यसअघि भएको प्रदेश र संघको निर्वाचनमा शीर्ष नेताहरुले चुनावी गठबन्धन गर्नुभयो। तर, स्थानीय तहको निर्वाचन भनेर हो कि किन हो ? उहाँहरुले गठबन्धन वा तालमेल गर्नुभएन्। यो दुःखद् छ। पार्टी त हिजोपनि एकता थिएन, त्यतिवेला त गरियो नि।’