एजेन्सी –राष्ट्रिय टिम अर्जेन्टिना तथा क्याटलान क्लब बार्सिलोनाका फरवार्ड लियोनल मेस्सीले कीर्तिमानी छैटौंपटक बालोन डी’ओर अवार्ड जितेका छन्।
फ्रान्सको पेरिसमा आयोजित विशेष कार्यक्रममा मेस्सीले कीर्तिमानी छैटौपटक यो अवार्ड हात पारेका छन्। मेस्सी २०१९ को उत्कृष्ट खेलाडी बन्ने क्रममा युभेन्टसका क्रिस्टियानो रोनाल्डो, लिभरपुलका साडियो माने र भर्जिल भान डाइकलाई पछि पार्दै अवार्ड जितेका हुन्।
अवार्ड जितेसँगै मेस्सी ६ पटक बालोन डी’ओर अवार्ड जित्ने पहिलो खेलाडी बने। मेस्सीले यसअघि सन् २००९, २०१०, २०११, २०१२ र २०१५ मा यस अवार्ड जितेका थिए। मेस्सीपछि रोनाल्डोले ५ पटक अवार्ड जितेका छन्।

महिला तर्फको अवार्ड अमेरिकी खेलाडी मेगन रापोनीले जितिन्। लिभरपुलका एलिसन बेकरले उत्कृष्ट गोलकिपर अवार्ड जिते। विश्वभरका कप्तान, प्रशिक्षक तथा खेल पत्रकारहरुको मतको आधारमा यस अवार्ड प्रदान गरिन्छ।