काठमाडौं– नेपालले मङ्गलवार बिहान उसुमा दुई स्वर्ण जितेर १३औँ दक्षिण एशियाली खेलकुद सागमा कुल स्वर्ण पदक सङ्ख्या १७ पु¥याएको छ।
मङ्गलवार लगनखेलमा आयोजित उसुको थाउलु छान्क्वानमा पुरुषतर्फ विजय सिञ्जाली र महिलातर्फ सुस्मिता तामाङले स्वर्ण पदक जितेका हुन्।
तरबारसहित कला प्रदर्शन गरिने विधामा सिञ्जालीले ९.४८ अङ्क प्राप्त गरेर बाङ्ग्लादेशको मोहम्मद ओमार र श्रीलङ्काको सौभ्य प्रभाकरलाई पछाडि पारे। ओमारले ९.३४ र प्रभाकरले ९.१३ अङ्क प्राप्त गरेका थिए।
तामाङले भने सहजै विजय प्राप्त गरिन्। उनले ९.४४ अङ्क प्राप्त गरिन् भने रजत पदक विजेत बाङ्ग्लादेशकी नूर बहार बेगमले ८.५५ अङ्क प्राप्त गरिन्। श्रीलङ्काली खेलाडी थाग बाग्सालाले ७.५३ अङ्कका साथ कास्य जितिन्। बीबीसी