बारा– आज (मंगलबार) देखि गढीमाई मेलामा बलि चढाउन शुरु गरिएको छ। पुजारीहरुको अनुसार बिहानको पूजा सकिएपछि बलि पूजा शुरु भएकोे हो।
मंसिर भर चल्ने यो मेलामा बलि चढाउन हजारौं बोका, राँगा र परेवा मेलास्थलमा ल्याइएको छ।
प्रत्येक ५–५ वर्षमा लाग्ने यो मेलामा नेपालमात्रै नभइ भारतबाट पनि बलि दिन आउने गर्दछन्।
बाराको महागढीमाई–१ स्थित बरियारपुरमा लाग्ने मेलामा लाखौ भक्तजनको भीड लागेको छ।