एजेन्सी– भोली बुधबारको ट्रेलर रिलिज अगाडि जेम्स बोन्ड सिरिजको पछिल्लो सिनेमा ‘नो टाइम टु डाइ’ को टिजर रिलिज भएको छ।यो जेम्स बोन्ड सिरिजको २५ औं सिनेमा हो। सिनेमामा ड्यानियल क्रेग पाँचौ पटक जेम्स बोन्ड बनेका छन्। उनले जेम्स बोन्डका रूपमा यो आफ्नो अन्तिम सिनेमा हुने बताइसकेका छन्।
सिनेमामा क्रेगका अलावा रामी मलेक, जेफ्रे राइट, रालफ फेनिस तथा नाओमी ह्यारिसको अभिनय रहेको छ। सिनेमालाई क्यारी जोजी फुकुनागाले निर्देशन गरेका हुन्। सिनेमा अप्रिल ३ मा रिलिज हुनेछ। विगतका सिनेमाले नै दर्शकमा आफ्नो बेग्लै छाप छोड्न सफल जेम्सको यो नयाँ सिनेमा प्रति पनि दर्शक निकै आशावादी छन्।
https://www.youtube.com/watch?v=PRLPvm2re1Y