काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा कराँतेमा नेपालले थप एक स्वर्ण जितेको छ।
६७ केजी तौल समूहको खेल नविन रसाइलीले स्वर्ण पदक जितेका हुन्। बंगलादेशी खेलाडीलाई ८–६ अंकले हराँउदै रसाइलीले आफ्नो स्वर्ण यात्रा सुरु गरेका हुन्।
नेपालले अहिलेसम्म १७ स्वर्ण, ३ रजत र ८ कास्य गरी २८ पदक हात पारेको नेपाल ओलम्पिक कमिटीले जनाएको छ।