काठमाडौं — प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित मकवानपुर हटौंडा उपमहानगरपालिका–६ घर भएका ३९ वर्षीय दिपक राउतको दिपक खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई नगद ६९ हजार रुपैयाँ र १ बुक तास सहित सोमबार राति प्रहरीले पक्राउ गरेको हो।
महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।