तस्वीरः अनलाइन खबरबाट
काठमाडौं– ‘२०१९ कि मिस नेपाल’ अनुष्का श्रेष्ठ डिसेम्बर १४ मा आयोजना हुन लागेको ‘मिस वर्ल्ड’ मा सहभागी हुन यतिबेला बेलायतमा छिन्। अनुष्काले विश्व सौन्दर्य प्रतियोगीताको ताज नेपाल ल्याउनेछिन् या के गर्नेछिन्, त्यो डिसेम्बर १४ मा थाहा हुनेछ।
तर, ‘मिस नेपाल वर्ल्ड–२०१८’ कि विजेता श्रृङ्खला खतिवडा भने अनुष्काले ताज घर भित्राउनेमा आशावादी देखिएकी छिन्। अनुष्काका लागि श्रृङ्खला लेख्छिन्, ‘मलाई थाहा छ, यो धेरै नै चाडो हुनेछ तर मलाई अनुष्काले ताज घर भित्राउनेछिन् भन्ने महशुश हुन थालेको छ। यी स्मार्ट महिला हरेक गतिविधीमा चम्किएकी छिन्।
अक्सफोर्ड यूनिभर्सिटीमा बोल्नका लागि उनलाई अडिसन चरणबाट चयन गरिएको थियो। अब, उनले शक्तिशाली रातो पोशाकमा हाउस अफ लड्र्समा एशिया महाद्धिपको प्रतिनिधित्व गर्ने्छिन्।’