काठमाडौं–गायक प्रेम परियार बाल गायनबाटै चम्किएको नाम हो, अब उनी चलचित्रको नायक हुने भएका छन्। उनले अभिनय गर्न लागेको चलचित्र ‘पर्खि बसे फर्कि आउँछु’ को शुभसाइत गरिएको छ। दाङको तुलसीपुरमा यो चलचित्रको शुभसाइत सम्पन्न भयो।
राजबहादुर सानेको निर्देशनमा बन्न लागेको यो चलचित्रको छायांङ्कन पनि दाङमै सुरु भएको छ। चलचित्रमा मुख्य कलाकारको रुपमा प्रेम परियार, समिक्षा बस्नेत र देव सागर रहेका छ्न्। उनीहरुले शुभसाइत समारोहमा मुहुर्त सर्ट दिएका थिए। रोशनकुमार थापा प्रस्तुतकर्ता रहेको चलचित्रमा खेमराज विक कार्यकारी निर्माता छन्। यो चलचित्रलाई प्रेमकथामा निर्माण गरिने बताइएको छ। यम कान्त भण्डारी चलचित्रका निर्माता हुन् भने एकराज थाहा चलचित्रका सह–निर्माता हुन्।
शारीरिक रुपमा कमजोर रहेकी एक यूवतीको टिनएजमा हुने रहर र जीवन संघर्षको कथालाई यो चलचित्रमा प्रस्तुत गरिनेछ। गायक परियारले आफूलाई सानैदेखि चलचित्रमा काम गर्ने रुची भएको र यो चलचित्रको कथा मन परेपछि काम गर्न तयार भएको बताए।