काठमाडौं _ १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको आफ्नो पहिलो खेलमा भुटान विरुद्ध नेपाल बिजयी भएको छ।
आज (मंगलबार) त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले भुटानलाई ४ _० गोलले फराकिलो अन्तरले पराजित गरेको हो।
सुरुवातदेखी आक्रमक खेल प्रदर्शा गरेको नेपालले चार मिनेटमा नै पहिलो गोल गरेको थियो। नेपालको लागि कप्तान सुजन श्रेष्ठले उक्त गोल गरेका थिए। पहिलो हाफमा एक गोलको अग्रता बनाएको नेपालले दोस्रो हातमा थप ३ गोल गरेको हो।
दोस्रो हाफ सुरु भएको ५ मिनेटमै कप्तान सुजनले नेपालको अग्रता दोब्बर बनाएका थिए। त्यसपछि खेलको ६५ औँ मिनेटमा अभिषेक रिजालले गोल गर्दा नेपाल ३_० को बलियो स्थितिमा पुगेको थियो।
भुटान माथि नेपाललको गोल गर्ने क्रम अझै रोकिएन।
खेलको ७६ औँ मिनेटमा मिइकल तामाङले ३ किक मार्फत सुन्दर गोल गर्दै नेपाललाई ४_० को स्थितीमा पुर्याए।
भुटानले खेलमा फर्कने प्रयास गरे पनि असफल भयो र यसपछि अन्य गोल नहुँदा नेपालले खेल ४० गोेलले आफ्नो पक्षमा पारेको हो।