तस्वीरः अनलाइन खबरबाट
एजेन्सी–नेपाली चलचित्र क्षेत्रमा लामो समय राज गरेका ३ सफल नायक राजेश हमाल, भूवन केसी र शिव श्रेष्ठ एकसाथ स्टेजमा देखिएका छन्। अमेरिकामा आयोजना भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ मा तीन नायक एकसाथ स्टेजमा देखिएका हुन्। यी ३ जना नायकलाई अवार्ड समारोहमा विभिन्न अवार्डबाट सम्मानित पनि गरिएको थियो। यी तीन नायकले लामो समयदेखि चलचित्र क्षेत्रमा गर्विलो स्थान बनाएका छन्।
यतिबेला, नायक भूवन केसी चलचित्र निर्माण, निर्देशक तथा अभिनयमा व्यस्त छन्। नायक हमालले भने केही समयदेखि चलचित्रमा काम गरिरहेका छैनन् भने शिव श्रेष्ठ अभिनयमा नै व्यस्त छन्। नेपाली कलाकारिता मा उनीहरुलाई कुनै न कुनै बाटो भएर निर्माता र निर्देशकले खोजिरहेका छन्।
यी तीन नायकले निकै कम चलचित्रमा मात्र एकसाथ काम गरेका छन्। विशेषगरि, चलचित्र क्षेत्रमा नायक राजेश हमाल र भूवन केसीलाई एक अर्काको प्रतिस्पर्धी मानिने गरिन्छ। तर, दुबै नायकले यो कुरालाई भने अस्विकार गर्दै आएका छन्। अमेरिकाको सान फ्रान्सिस्कोमा आयोजना भएको अवार्डमा एकसाथ उपस्थित भएर तिन नायकले माहोल नै ओझिलो बनाएका थिए। दर्शकले यी तिन नायकलाई एकसाथ चलचित्रको पर्दामा हेर्न चाहेका छन्। नायक हमाल र श्रेष्ठले भने पछिल्लो रिलिज चलचित्र ‘बागमती’मा एकसाथ काम गरेका थिए।