तस्वीरः अनलाइन खबरबाट
काठमाडौं– नेपाली चलचित्रकी चर्चित नायिका ऋचा शर्माको बिहे चर्चा केही समयदेखि चलिरहेको छ। केही समय अगाडि ब्याचलर पार्टीमा सहभागी भएसँगै ऋचाको बिहे चर्चा सुरु भएको हो। ऋचाले पनि लामो समयदेखि घरबाट बिहेका लागि दबाब आएको बताउँदै आएकी थिइन्। उ
नै नायिका शर्माले, आफ्नो सामाजिक संजालको माध्यमबाट बिहेको साइत सार्वजनिक गरेकी छिन्। ऋचाले डिसेम्बर ७ अर्थात मङ्सिर २१ गते बिहे गर्न लागेको उल्लेख गरेकी छिन्। ऋचाले आफूहरुलाई प्रेम दर्शाउने सबैलाई धन्यवाद समेत दिएकी छिन्।
ऋचा केही समयदेखि दिपेश विक्रम राणाको प्रेम सम्बन्धमा छिन्। दिपेश ललितपुरको लाबिम मलका म्यानेजर समेत हुन्। नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि सक्रिय नायिका शर्माले बिहेको मिति सार्वजनिक गरेसँगै अब उनको घरजम पनि पक्का हुने भएको छ। उनी दर्शकहरुकी रुचाएकी नायिका हुन्। उनी अहिले ‘कमेडी च्याम्पिएन’ नामक रियालिटी शोको निर्णायक समेत छिन्।