काठमाडौं– लोकप्रिय गायक मिलन सुर्खेतीको नयाँ गीत ‘पहिलो भेटमै’ को भिडियो भर्खरै मात्र रिलीज भएको छ। योगेन ढोलीको शब्द रचना भएको यस गीतमा गायक सुर्खेती आफैले संगीत भरेका छन्।
करिब २ दर्जभन्दा धेरै गीतमा आवाज दिएका सुर्खेतीले हालै मात्र ‘पहिलो भेटमै’ गीत सार्वजनिक गरेका हुन्। मुस्ताङ्गमा छायांकन गरिएको यस गीतको भिडियोलाई नबिन पुरीले निर्देशन गरेका छन् भने संजय लामाले छायांकन गरेका छन्। भिडियोमा जितेश प्रधान र टिकटक स्टार एलिशा पुन मगरले अभिनय गरेका छन्।
बनिश शाहले सम्पादन गरेको यस भिडियोलाई रेनिश फागोले कलर ग्रेडिङ्ग गरेका छन् भने शिशिर खातीले कोरियोग्राफी गरेका छन्। गीतका निर्माता राजेश मास्के रहेका छन्। मुस्ताङ्का सुन्दर दृश्यहरु कैद गरिएको गीतको भिडियो र छायाङ्कन पक्ष एकदमै राम्रो रहेको छ।
https://www.youtube.com/watch?v=_SPDgFqZAQ8