काठमाडौं– नेपालका चर्चित साहित्यकार कर्णकुमार श्रेष्ठले दुई कृति एकसाथ विमोचन गरेका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा बरिष्ठ चलचित्रकर्मी यादव खरेलले श्रेष्ठका दुवै कृति विमोचन गरे।
नेपाली साहित्यको कथा, गीत, गजल, कविता र हाँस्यव्यङ्ग्यमा लामो समयदेखि क्रियाशिल श्रेष्ठको ‘उस्तै उस्तै मान्छे’ साहित्यिक संगालो र ‘मनको सागर’ गीती एल्बम विमोचन गरिएको हो।
प्रकाश सायमी, लक्ष्मण गाम्नागे, ईश्वरप्रसाद भण्डारी र संगीतकार राजु सिंह समेत सहभागी कार्यक्रममा लेखक श्रेष्ठका व्यक्तित्व र कृतित्व माथि चर्चा गरिएको थियो। यसअघि लेखक श्रेष्ठका आधा दर्जन साहित्यिक कृतिहरू प्रकाशित भइसकेका छन्। एल्बम ‘मनको सागर’मा रामकृष्ण ढकाल, शिव परियार, अन्जु पन्त, बुनु श्रेष्ठ लगायतका गायक गायिकाको अभिनय रहेको छ।