काठमाडौं– १३ औं दक्षिण एसियली खेलकुद (साग) अन्र्तगत महिला भलिबल फाइनल खेल हुन लागेको छ। त्रिपुरेश्वरको कभर्डहलमा हुन लागेको खेलमा भारत र नेपालबिच प्रतिस्पर्दा हुदैछ।
नेपाल सेमीफाइनमा आफ्नो लाभदायक खेल प्रदशन गर्दै श्रिलंकालाई हराएर फाइनलमा पुगेको हो। उनीहरुले अरुणको कप्तानीमा एतिहासिक जीत हासिल गरिसकेका छन्। नेपालले श्रिलंकालाई २५–१४, २५–१८ र २५–२१ अंकले हराएको थियो।
त्यस्तै भारतले माल्दिभस्लाई २५–१४, २५–६ र २५–१७ को अंकले पराजीत गर्दै फाइनलमा प्रवेश गरेको हो।