काठमाडौं– सदाबहार लोकप्रिय गायक राम कृष्ण ढकालको ‘नजिक आउनुमा’ टुबोर्ग ओपन सेसन्स् २ मा सार्वजनिक भएको छ। च्यानल आरबिट्ररीद्वारा २०१८ मा शुरु गरिएको टुबोर्ग ओपन सेसन्स् एक युट्युब श्रृंखला हो र पछिल्लो सिजनको व्यापक सफलतापछि केहि प्रख्यात कलाकारहरुको बेजोड प्रस्तुतिको साथमा टुबोर्ग ओपन सेसन्स्को सिजन २ शुरु भएको छ।
राम कृष्ण ढकाल निकै प्रतिभाशाली व्यक्तित्व हुन्। उनी निकै प्रचलित गायक, अभिनेता साथै लोकप्रिय पनि हुन्। ढकालले आफ्नो लामो सांङ्गीतिक यात्रामा हालसम्म करिब ५००० भन्दा बढी मौलिक गीतहरुमा आवाज दिएका छन्। सन् २०५५ सालमा प्रबल गोर्खा दक्षिण बाहु द्वारा सम्मानित हुने सबै भन्दा सानो उमेरको उनी थिए। आफ्नो परिवारमा कुनै सांगीतिक पृष्ठभूमि नभएका ढकालले स्वर सम्राट, नारायण गोपालको लोकप्रिय गीतहरु गाउन थाली आफ्नो सांगीतिक यात्रा सुरु गरे।
करिब ३ दशक देखिको निरन्तर मेहेनत र धैर्यताका साथ ढकालले आफ्नो नाम नेपाली आधुनिक संगीतको इतिहासमा लेख्न सफल भएका छन्। नेपाली संगीत बजारमा हिट रहेका उनका सबै एल्बमहरुले स्रोताहरुलाई एकै समयमा मुस्कुराउने र रुवाएको छ। आफ्नो संगीतको जादु विश्वभर प्रस्तुत गरेका ढकालले टुबोर्ग ओपन सेसन्स्को मञ्चमा उनको हिट ‘नजिक आउनुमा’ प्रस्तुत गरेका छन्।
टुबोर्ग ओपन सेसन्स् २ एक युट्युब सिरिज हो जसमा, विभिन्न प्रसिद्घ कलाकारहरुको स्टुडियोमा प्रत्यक्ष रेकर्ड गरिएको प्रस्तुतिहरु पेश गरिन्छ। टुबोर्ग ओपन सेसन्स् सिजन १ मा ५१ वटा गीतहरु च्यानल आरबिट्ररी मार्फत युट्युबमा अपलोड गरिएको थियो जसले १ करोड भन्दा बढी भ्युज संकलन गरेको छ। टुबोर्गको संगीतसँग लामो र गर्व हुने सम्पदा रहेको छ जसले, नयाँ शैली र कलाकारहरुलाई नयाँ बजारमा चिनाउन मदत गरेको छ। पुराना साथै नयाँ कलाकारहरुलाई आफ्नो संगीत विश्वव्यापी रुपमै धेरै दर्शकहरुमाझ पुर्याउने मञ्चको निर्माण गर्न टुबोर्ग सफल भएको छ।