काठमाडौं– १३ औं दक्षिण एसियली खेलकुद (साग) अन्र्तगतको महिला भलिबल फाइनल खेलमा भारतले जीत हासील गरेको छ।
त्रिपुरेश्वरको कभर्डहलमा भएको खेलमा भारत र नेपालबिच दमदार प्रतिस्पर्दामा भारतले नेपााललाई पछि पार्दै स्वर्ण पदक हात पारेको हो। भारतले नेपाललाई सेट १ मा २५–१७ को अंकले हराएको छ।
नेपाल सेमीफाइनमा आफ्नो लाभदायक खेल प्रदशन गर्दै श्रिलंकालाई हराएर फाइनलमा पुगेको हो। उनीहरुले अरुणको कप्तानीमा एतिहासिक जीत हासिल गरिसकेका छन्। नेपालले श्रिलंकालाई २५–१४, २५–१८ र २५–२१ अंकले हराएको थियो।
त्यस्तै भारतले माल्दिभस्लाई २५–१४, २५–६ र २५–१७ को अंकले पराजीत गर्दै फाइनलमा प्रवेश गरेको हो।