काठमाडौं– नेपाली चलचित्रमा पछिल्लो समय दर्शकले अत्याधिक रुचाएकी अभिनेत्री हुन् आँचल शर्मा। त्यसैले पनि उनी हर हमेशा चर्चामा रहने गर्द्छिन्। आँचलको चर्चाको विषयमा कहिले अभिनेता पल शाहसँगको प्रेम, कहिले डा.उदीप श्रेष्ठसँगको बिवाहको चर्चा र कहिले फिल्म अभिनय बन्ने गरेको छ। केही अगाडि डा.उदीप श्रेष्ठसँगको बिवाहको हल्लाको कारण चर्चा रहेकी आँचल अहिले फेरि चर्चामा छिन्। यसपटक उनको चर्चाको बिषय फिल्म ‘झिँगेदाउ’ अभिनय भएको छ। निर्माण युनिटले हालै आँचलको फिल्म अभिनयको एक तस्बिर सार्वजनिक गरेका छ। तस्बिरमा आँचल गाउँले भूमिकामा देखिएकी छन्।
उक्त तस्बिरमा आँचलको सिउँदोमा सिन्दुर, घाँटीमा हरियो पोते छ भने उनी रोतो रंगको साडी र गुन्यू चोलीमा समेत देखिएकी छन्। हातमा हँसिया र पिठ्युमा घाँसले भरिएको डोको समेत तस्बिरमा देख्न सकिन्छ। आँचलको यो गेटअपले दर्शकहरुमा फिल्म प्रतिको एकदमै कौतुहलता जगाएको छ। फिल्ममा आफूले विवाहित महिलाको भूमिका निर्वाह गरेको अभिनेत्री आँचलले बताइन्। ‘पहिलो पटक फरक भूमिका पाएकी छु’ आँचलले भेनिन् ‘दर्शकका लागि मेरो भूमिका नौलो स्वाद हुनसक्छ।’
फिल्ममा उनी फिल्म ‘बुलबुल’ अभिनेता मुकुन्द भुषालको जोडी बनेकी छन्। आँचल र मुकुनदको फिल्ममा गाउँले भुमिका रहेको निर्माण युनिटले जनाएको छ। ज्ञानेन्द्र देउजाको निर्देशनमा बनिरहेको ‘झिँगेदाउ’ अहिले भकुन्डेवेसी आसपासका स्थानमा छायाँकन भैरहेको छ। साहित्यकार भीमनिधि तिवारीको कथामा ‘झिँगेदाउ’ बन्न लागेको हो। फिल्मका निर्माता निर्देशक देउजा आर्फै हुन्। कपनगढी सिनेमा प्रा.लिको ब्यानरमा निर्माण भैरहेको फिल्मको गीतमा अर्जुन पोखरेलले संगीत, विष्णु कल्पितको छायाँङ्कन रहनेछ।
निर्देशक देउजाले यसअघि ‘मुना मदन’, ‘रक्षक’, ‘करुक्षेत्र’, ‘देवर बाबु’, ‘हामी ट्याक्सी ड्राइभर’ लगायतका फिल्मको निर्देशन गरेका थिए।