एजेन्सी– फिलिपिन्समा बाढी–पहिरो र आँधीका कारण २ लाख मानिस विस्थापित भएका छन्।
देशको मुख्य विमानस्थल नै बन्द गरिएको छ। समुद्री किनाराका मानिसहरुलाई सुरक्षित स्थानतर्फ सारिएको हो। यस पटक आएको कम्मुरी आँधी यस वर्षको २०औं आँधी हो। टापु क्षेत्रमा यसको बढी जोखिम देखिएको छ।
घटनास्थलमै रहेका अलजजिराका पत्रकार जमेला अलिन्डोगनले आँधीहुरीलाई ‘एक युद्धजस्तो महसुश भएको’ टिप्पणी गरेका छन्। विभिन्न ठाउँमा अहिले पनि भारी वर्षा र बाढीको असर परिरहेको छ।आँधीका कारण निनोय अक्विनो अन्तर्रा्ष्ट्रिय विमानस्थल बन्द गरिएको छ।
दर्जनौँ उठान रद्ध हुनुका साथै अवतरण हुन लागेका जहाज पनि अन्यत्रै मोडिएका छन्। गत राति आँधी सुरु भएपछि नै प्रभावित क्षेत्रका मानिसलाई सुरक्षित स्थानतर्फ सार्न थालिएको हो।