काठमाडौं– दक्षीण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलको फाइनल चलिरहेको छ। त्यसैक्रमा टिकट काट्ने दर्शकहरुको बिजोग भएको छ।
ई–सेवा मार्फत् टिकट काटेका दर्शकहरुलाई कभर्ड हलमा छिर्न नदिएपछि ती दर्शकहरु आक्रोशित भएका छन्।
उपराष्ट्रपति नन्दबहादुर पुन भलिबल हेर्न त्रीपुरेश्वरमा पुगेपछि टिकट काटेका दर्शकहरु भित्र पस्न नपाएका हुन्।
सुरक्षाको लागि भन्दै टिकट काटेका दर्शक र पत्रकारहरुलाईसमेत भित्र छिर्न दिइएको छैन।