काठमाण्डौ–नेपाली लोकदोहोरीको क्षेत्रमा एक पछि अर्को उत्कृष्ट गीत सार्बजनिक हुने क्रम जारी छ र यही क्रममा लोक दोहोरी क्षेत्रका बहुचर्चित गायक राजु परियार र सुमधुर स्वरकी धनि गायिका गरिमा बिरहिको सुमधुर आवाज रहेको ‘मेरो मन’ सार्बजनिक भएको छ।
गायिका गरिमा बिरही र गायक राजु परियारको सुमधुर स्वर, कृष्ण के सीको शब्द,गणेश गुरूङको लय रहेको गरिमा बिरहिको पहिलो लोकदोहोरी कोसेली ‘मेरो मन’ भर्खरै मात्र सार्बजनिक भएको हो।
नायिका आशिष्मा नकर्मी र नायक अमेश भण्डारीको उत्कृष्ट नृत्य रहेको उक्त गीतको म्यूजिक भिडियोमा मौषम हिमालीले निर्देशन,करण चैसिरको छायाँङ्कन र सम्पादन प्रबिन भट्टको रहेको छ। सुमधुर स्वरकी धनि गायिका गरिमा बिरही आफ्नो यस गीतलाई धेरै भन्दा धेरै दर्शक तथा श्रोताले माया गर्ने कुरामा बिश्वस्त रहेको कुरा नेपाली पब्लिकसँ बताईन्।
https://www.youtube.com/watch?v=0HbeSPm-8Tk