काठमाडौँ– नेपाल सरकारका केही मन्त्रीहरुको सुरक्षा खतरामा परेको समाचार घटना र विचार साप्ताहिकमा प्रकाशित रहेको छ।
सरकारको सुरक्षा संयन्त्रले विप्लव नेतृत्वको नेकपाबा प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड निकटका मन्त्रीहरुलाई लक्षित गरी आक्रमण गर्ने तयारी भएको भन्ने सुराक पाएको समाचारमा उल्लेख छ।
सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्तिबहादुर बस्नेत र प्रधानमन्त्रीका सल्लाहका विष्णु रिमाल टार्गेटमा परेको सूचना सरकारी संयन्त्रले पाएको हो।
यस विषयमा शंकास्पद दुई व्यक्तिलाई गिरफ्तार गरिएको जानकारी मिलेको छ। हमलाका योजनाकारहरु विप्लव समूहसँग आबद्ध भएको भनिए पनि अरु नै कुनै आपराधिक गिरोहले विप्लवको नाममा आफ्ना गतिविधि सञ्चाल गरेको हुनसक्ने पनि आशंका गरिएको छ।