काठमाडौं– काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गीले खुलामञ्च खाली गराउन आफ्नै प्रमुख प्रशासकीय अधिकृतलाई पत्राचार गरेकी छिन। उपमेयर खड्कीले खुलामञ्चको स्थलगत अवलोकन गरी त्यहाँ देखिएका तथ्यसमेत केलाउँदै खुलामञ्चलाई खुला गर्न पत्राचार गरेकी हुन्।
उनले महानगरका मेयर विद्या सुन्दर शाक्यलाई समेत बोधार्थ दिएर खुलामञ्च खाली गराउन निर्देशन दिन आग्रह गरीन्। टुँडिखेल अतिक्रमणबाट जोगाउन सुरु अकुपाई टुँडिखेल अभियानका अयिान्ताहरुको आग्रहपछि केहि दिनअघि उपमेयर खड्कीले खुलामञ्चको स्थलगत अनुसनधान गरेकी थिइन्।
अनुसनधानका क्रममा उनले खुलामञ्च सर्वसाधारणको पहुँचबाट टाढा पुगेको भन्दै यथाशीघ्र आवश्यक काम गर्न आग्रह गरेकी छीन्। खुलामञ्चमा अनधिकृत तरिकाले सवारी साधन पार्किङ हुने गरेको छ उनले भनिन्। उनले यसलाई हटाउनसमेत पत्रमा आग्रह गरेकी छिन्।
अनुसनधानका क्रममा देखिएका सात तथ्यहरु उल्लेख गर्दै उनले त्यसलाई के गर्न सकिन्छ भनेर पनी लेखेकी छीन्। टुँडिखेललाई अतिक्रमणबाट जोगाउन भन्दै तीन साताअघि अकुपाईं टुँडिखेल अभियान सुरु भएको थियो। कात्तिक २३ गते पहिलो चरणको विरोधस्वरुप मानव साङ्लो बनाएर टुँडिखेल संरक्षणको सन्देश दिइएको र गत शनिबार भने साहित्यिक जमघट गरेर विरोध जनाइएको थियो।
अव्यवस्थित पार्किङ, अनधिकृत बसपार्क, पसलहरु सञ्चालन गरेर टुँडिखेल मासिँदै गएको छ। सम्पदाप्रेमीहरुले गत कात्तिकदेखि अकुपाई टुँडिखेल अभियान चलाउँदै आएका छन्।कुनै समयमा एसियाकै ठूलो खुला मैदान मानिने टुँडिखेल अहिले साँघुरिँदै गएको छ केही वर्षदेखि नेपाली सेनालाई समेत टुँडिखेल मिचेको आरोप लागेको छ।