काठमाडौं– नायक विपिन कार्कीले नेपाली चलचित्रमा छुट्टै पहिचान बनाउँन सफल भएका छन्। ‘सेल्फी किंङ’ को टिजर रिलिज भएको छ। सार्वजनिक टिजरमा दुनियाँ हसाउँने हास्य कलाकारको दुखद् भोगाइ प्रस्तुत गरिएको छ। माघ २४ गते रिलिज हुने सिनेमालाई विशाल सापकोटाले निर्देशन गरेका हुन्।
सिनेमामा विपिनका अलवा चलचित्रमा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, सविन बाँस्तोला, जीवन भट्टराई, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको अभिनय छ। सिनेमालाई दिनेश राउत र सुभाष थापाले संयुक्त रुपमा निर्माण गरेका हुन्।
https://www.youtube.com/watch?v=Aa6-P05qW1c