काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालको स्वर्ण संख्या २४ पुगेको छ। नेपालका लागि २४ औं स्वर्ण उसुका दीपक हमालले दिलाएका हुन्।
उसुको दोस्रो दिन दीपकले थाउलोको नानगुन अलराउन्डमा स्वर्ण पदक जितेका हुन्। दीपकले १९.३२ स्कोर गर्दै पहिलो स्थान हासिल गरेका हुन्। उसुमा नेपालको यो तेस्रो स्वर्ण पदक हो। यसअघि पहिलो दिन नेपाली खेलाडी विजय सिन्जाली र सुस्मिता तामाङले स्वर्ण पदक जितेका थिए। यस विधामा भारतका साजन लामाले रजत र बंगलादेशका खेलाडीले कास्य पदक जितेका छन्।
त्यसअघि नतिजा धाधलीपूर्ण भएको भन्दै नेपाल र भारतीय उसु टोलीका खेलाडी, अफिसियलले विरोध जनाउँदा झन्डै आधा घन्टा अबरद्ध भएको थियो। पुरुष थाउलो थाइचिचेनमा श्रीलंकाका थारिन्तु नामाल अनुरथाले स्वर्ण जितेपछि त्यसको विरोधमा नेपाल र भारतका खेलाडीले म्याटमै बसेर त्यसको विरोध गरेपछि खेल अबरुद्ध भएको थियो।