काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालको स्वर्ण संख्या २५ पुगेको छ। नेपाललाई पछिल्लो स्वर्ण कराते कुमुतेकी अनुपमा मगरले दिलाएकी हुन्।
यससँगै करातेमा नेपालको स्वर्ण पदक संख्या १० पुगेको छ। श्रीलंकाकी विजेकुन माथिमोहमदमाथि ७–४ को जित निकाल्दै फाइनल पुगेमी अनुपमाले ६८ केजी तौल समूहको फाइनलमा पाकिस्तानकी नर्गिसलाई ६–३ ले हराउँदै स्वर्ण पदक हात पारेकी हुन्।