नवलपरासी– नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीलाई आज गृहजिल्ला पश्चिम नवलपरासीमा कार्यकर्ता र शुभेच्छुकद्वारा स्वागत गरिएको छ।
पछिल्लोपटक मन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला आउनुभएका मन्त्री त्रिपाठीलाई पश्चिम नवलपरासीका विभिन्न स्थानमा स्वागत गरिएको हो।
बर्दघाट, सुस्ताको छिबनी, प्रतापपुरको गोपीगञ्ज, बेलाटारीलगायतका स्थानमा स्वागत गरिएको थियो। सो क्रममा मन्त्री त्रिपाठीसमक्ष यस क्षेत्रको विकास निर्माणबारे पहल गर्न कार्यकर्ता र शुभेच्छुकले माग गरेका थिए। (रासस)