काठमाडौं– १३ औं दक्षिण इसियाली खेलकुद्(साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले बुधबार श्रीलंकासँग खेल्दैछ। खेल त्रिपुरेस्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे शुरु हुनेछ।
नेपालले जारी सागमा पुरुष फुटबलमा स्वर्णको आश गरेको छ। मंगलबार भुटानविरुद्धको पहिलो खेलमा नेपालले भुटानमाथि ४–० गोलको जित निकालेको थियो। त्यससँगै हौसिएको नेपाल श्रीलंकालाई पनि स्तब्ध पार्ने दाउमा छ।
घरेलु दर्शकको गुञ्जनका बीच नेपालले बुधबार पनि उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ। यसअघि श्रीलंकाले माल्दिभ्ससँग गाेलरहित बराबरी खेलेकाे थियाे।