काठमाडौं — बुधबार (आज)बेलुकादेखि जनता र ग्लोबल आइएमई बैंकको सम्पूर्ण कारोबार बन्द गरिने भएको छ।
यी दुई बैकका प्रणाली र डाटा मर्जरका लागि बैंकिङ कारोबार बन्द गर्न लागिएको हो। जनता र ग्लोबल आइएमई यी दुई बैकले मंसीर २० गतेदेखी एक आपसमा मिलेर सम्पूर्ण कारोबार गर्ने भएका छन्।
बुधबार दुवै बैंकका अतिरिक्त र संध्याकालिन काउन्टर र १९ गते सम्पूर्ण बैंकिङ कारोबार बन्द हुनेछ। त्यस्तै बुधबार साँझ ६ बजेदेखि बिहीबार राती १२ बजेसम्म दुवैं बैंकको एटिएम सेवा, मोबाइल बैंकिङ सेवा तथा इन्टरनेट बैंकिङ सेवा बन्द रहने जनाइएको छ।
दुई संस्था गाभिएपछि ग्लोबल आइएमई लिमिटेडको नामबाट कारोबार गर्ने छन्।