काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद(साग) अन्तर्गत धाविका सन्तोषी श्रेष्ठले स्वर्ण जित्दै कीर्तिमान बनाएकी छिन्। स्वर्ण पदक हात पारेसँगै सन्तोषी सागमा स्वर्ण जित्ने पहिलो महिला एथलेटिक्स खेलाडी बनिन्।
सन्तोषीले महिला १० हजार मिटर दौडमा स्वर्ण पदक जितेकी हुन्। उनले ३५ मिनेट ७.९४ सेकेन्डमा निर्धारित दुरी पार गरेकी हुन्। साग इतिहासमा नेपाली एथलेटिक्स महिला खेलाडीले जितेको यो पहिलो स्वर्ण पदक हो।
यसअघि सन् २००६ मा श्रीलंकामा भएको १० औंमा कान्छिमाया कोजुले १० हजार मिटर दौडमा रजत पदक जितेकी थिइन्।