झापा– चार वर्षीय बालकले बाटोमा उम्रिएको च्याउ खाँदा बिरामी परेका छन्। झापाको बिर्तामोड नगरपालिका–३ बुद्धमार्ग बस्ने मिलन फुयाँलका ४ वर्षीय छोरा ओस्कर फुयाँलले बाटोमा खेल्ने क्रममा सोही ठाउमा उम्रिएको च्याउ खाएर बिरामी परेका हो।
मंगलबार दिउँसो ३ बजेको समयमा च्याउ खाएर बिरामी भएपछि उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ।