काठमाडौं — सरकारी या सार्वजनीक रुपमा हडपीएका र तल देखी माथी सम्म सेटीङमा व्यक्तीको नाममा जग्गा पुर्याइएका खबर हाम्रा लागी नौलौ बिषय होईन्।
केही आना वा सानो क्षेत्रफलको जमिन होईन बिघौँ बिघा जमिन किर्ते कागजको भरमा व्यक्ती व्यक्ती मिलेर बाडी चुडी खाएको खबर त अहिले सामान्य नै भैसक्यो। तर यस्तो सम्म भाको छ की सरकारी जमिन त्रिर्ते गरी आफ्नो पोल्टामा पार्ने र फरक फरक व्यक्तीलाई पटक पटक बेच्ने। कयौं व्यक्ती संग करौडौ रुपया असुल्ने काम समेत भईरहेको छ।
त्यस्तै काठमाडौंको भाटभटेनीस्थित लक्ष्मी बैंककी म्यानेजर पूजा शाहले सरकारी जग्गालाई बेच्ने धन्दामा साक्षी बसी जग्गा बेच्ने काममा आफ्नै ग्राहकसँग पार्टनरशिप गरेको र अफुमाथि धाेका भएकाे बताइएकाे छ। वीरगन्जको छपकैयामा चार बिघा क्षेत्रफलमा फैलिएको सरकारी पोखरी आफ्ना ससुराले आफ्नो नाममा दर्ता गराउन सफल भएपछि एउटै जग्गा पटक–पटक बेच्ने काममा लक्ष्मी बैंककि मेनेजर शाहको समेत संलग्नता भएको भन्दै उनीविरुद्ध १० करोड रुपैयाँको क्षतिपूर्ति मागदाबीसहित मुद्धा दायर गरेको हो।
चेक बाउन्स प्रकरणमा समेत मुछिएकी शाहविरुद्ध आफ्नोे जग्गालाई पार्टनरशीप गरी माटो पुरेर बेच्ने भनिएको थियो। तर पछि सो जग्गा सरकारी रहेको खुलेसँगैँ आफूमाथि धोका भएको र करार बमोजिम १० करोड रुपैयाँको क्षतिपूर्ति माग गर्दै सो कामका उनका पार्टनर रुद्र तिमल्सिनाले पनि उनी माथि मुद्दा दायर गरेकी हुन्।
खास के थियाे कुरा?
बीरगंजको छपकैया पोखरीमा माटो पुरेर जग्गा बनाई बेच्ने भनी पूजा शाह र रुद्र तिमल्सिनाले पार्टनरशिप गरे। रुद्रले पूजालाई सोहि बमोजिमनै पैसा पनि दिए सँगै काम पनि अघि बढ्यो। राम्रो मान्छे हो भन्ने महशुस भएपछि तिमल्सिनाले विश्वासका साथ काम गाराइन्। काम गर्दै गर्दा कामको हिसावकिताबमा समेत पूजाको हस्ताक्षर रहन पुग्यो।
कुनै समयमा सरकारी रहेकाे जग्गा पूजा शाहका ससुराकाे नाममा दर्ता भएकाे कुरा स्थानीयकाे बिराेधपछि पुन सरकारी हुन लागेकाे कुरा तिमल्सिनाले थाहाँ पाएकी थिइन्।
उनका अनुसार पूजा शाहले उनलाई यस बिषयमा केहि पनि भनेकी थिइनन्। बस् आफ्नो नाममा भएको पूर्जा देखाएकी थिइन्। बीरगंंज महानगरपालिकाको चलानी नम्बर ५५०३_०७५_०७६ ले भुमि व्यवस्था सरकारी तथा गरिवी निवारण मन्त्रालयलाई लेखेको पत्रमा छपकैया पोखरीलाई पुनः सार्वजनिक गर्ने व्यहोरा उल्लेख गरिएकाे छ।

जग्गा प्रतिकाे अनुसन्धान पश्चात छपकैया पोखरी परापूर्वकालदेखि सरकारी थियो भन्ने महानगरपालिकाको समेत निष्कर्ष आयो।
२०४८ सालमा बैंकर शाहका ससुरा पूर्व साहेव प्रमोदविक्रम शाहले नापीका तत्कालिन हाकिम साविर हुसेन लगायतका व्यक्तिहरुलाई प्रलोभनमा पारेर साे सरकारी जग्गा आफ्नो नाममा दर्ता गरेको आराेप भने स्थानीयले लगाएका छन्।
स्थानीयको चर्को विरोधपछि उक्त जग्गा पुनः सार्वजनिक बनाउने प्रक्रिया बीरगंज नगरपालिकाले थालेपछि यस्तो लफडा परेको जग्गा भन्ने आफुलाई थाहा नदिएको भन्दै तिमल्सीना मुद्धामा समेत गइन्। उनीहरुबीचको करार सम्झैतामा दोश्रो पक्षको लगानी डुबेमा, यो काममा धोका भएमा १० करोड रुपैँयाँ तिमल्सिनाले क्षतिपूर्ति पाउने समेत उल्लेख गरिएकाे छ।
जम्मा गरेर राख्न लागेकाे पैसा लगानी गर्न लगाइ फसाइयाे
आफुले लक्ष्मी बैंकमा पैसा डिपोजिट गर्न जाँदा पूजा शाहले उक्त पैसा बैंकमा राख्नुभन्दा आफ्नो एउटा काममा पार्टनरशिप गरे राम्रो फाइदा हुने भन्दै उक्त रकम लिइ सो काममा पार्टनरशिप गराएर फसाएकाे तिमल्सिनाको दावी छ। तिमल्सिनाको एनआइसी एशिया बैंकमा रहेको खाताको स्टेटमेन्ट हेर्ने हो भने पूजा शाहले पैसा लागेको स्पष्ट देखिन्छ।
बैंकर शाअ र रुद्र तिमल्सिनाबीच संयुक्त खातासमेत खोली यस करार अुनुसार काम गरेको देखिन्छ। यो बीचमा पूजा शाहले हस्ताक्षर गरेको चेक बाउन्स भएकोसमेत देखिन्छ। बैंकरकै चेक बाउन्स हुनु नैतिक हिसाबले लाजमर्दौ कुरा हो। उनले २०१८ मार्च १४ तारिखका दिन रंजन मिश्रका नाममा खिचेको चेक बाउन्स भएको पाइएको छ।
यस बिषयमा पुजाकाे धारणा
यस बिषयमा पूजा शाहकाे आफ्नै ससुराको भएकाले उक्त जग्गा सार्वजनिक थियो भन्ने कुरा नै गलत भएको दावी गरेकी छिन्। ‘हामीले सर्वोच्चमा मुद्धा लडेर भएको जग्गा हो यो। सर्वोच्च ठूलो कि स्थानीय निकाय? अहिले स्थानीय निकायले जग्गा सार्वजनिक गर्न पाउँछ?’ उनले प्रतिप्रश्न गरिन्।
‘जग्गा सार्वजनिक नभएको भए किन महानगरपालिकाले सार्वजनिक गर्ने प्रक्रिया थाल्यो त? ‘भन्ने प्रश्नमा भने उनले अदालत ठूलो कि महानगरपालिका? जग्गा हाम्रै हो भनिन्।’ रुद्र तिमल्सिनाले मुद्धा हालेको विषयमा उनले आफूले अदालतले गर्ने निर्णय अनुसार गर्ने बताएकी छिन्। ‘सबै कुरा ठिक थियो। बीचमा केहि कुरा मिलेन। रुद्रजी मुद्धामा जानुभयो। अदालतले गरेको निर्णय अनुसार तिर्नुपरे तिर्छु।’ उनले भनिन्।
तर चेक बाउन्स प्रकरणमा भने उनले झुट बोलिन्। बैंकर नै चेक बाउन्सको केसमा पुर्नभएको रहेछ नि? भन्ने हाम्रो प्रश्नमा उनले आफुले त्यस्तो कुनै चेकमा सहि नगरेको दाबी गरिन्। हामीले रंजन मिश्रलाई दिइआएको चेकमा तपाईँको हस्ताक्षरसमेत छ भनेपछि उनले सबै गलत काम रुद्र तिमल्सिनाबाट भएको बताईंन्।
यता उनले आफुसँग भएको प्रमाणअनुसार आफु सहि भएको बताईन्। हामिले तपाइसँग भएको प्रमाण दिनुहोस् न भनेपछि उनले भनिन्,‘म मेरो वकिल लिएर तपाईंलाई भेट्छु, त्यहीं देखाउँला प्रमाण।’ यता यस विषयमा हामीले लक्ष्मी बैंकका सिइओसँग पनि बुझ्ने प्रयास गरेका थियौं तर उनीसँग कुरा हुन भने सकेन।

यसो त पूजा शाहले मुद्धाको प्रतिउत्तरमा आफ्नो संयुक्त खातामा ७ लाख रुपैयाँमात्र जम्मा भएको उल्लेख गरेकी छिन्। त्यसो भए ६० लाख रुपैयाँ(जुन एनआइसी एशिया बैंकको स्टेटमेन्टमा उनले लगेको देखिन्छ) त्यो के प्रयोजनका लागि लागियो भन्ने प्रश्न उठेको छ। अर्कोतर्फ ३ करोडभन्दा बढी खर्च भएको विवरणमा समेट उनको हस्ताक्षर छ। यसले पनि संयुक्त खातामा ७ लाख रुपैयाँ राखेर अरु पैसा व्यक्तिगत रुपमा पूजाले चलाएकी थिइन् कि भन्ने उठाउने ठाउँ छ।