एजेन्सी– छत्तिसगढस्थित नारायनपुर जिल्लाको काडेनार क्याम्पमा गोली प्रहार हुँदा छजना इन्डो तिब्बतियन सीमा प्रहरीको मृत्यु भएको छ। बुधबार बिहान आपसमा विवाद हुँदा एक प्रहरीले क्याम्पभित्रै गोली चलाएका थिए। विवाद के थियो भन्ने कारण भने स्पष्ट भइसकेको छैन। उक्त दुईजनाको घाइते भएका छन्।
बस्टर रेन्जका प्रहरी इन्सपेक्टर जनरल सुन्दरराज पीले समाचार एजेन्सी पीटीआईलाई एकजना प्रहरी जवानले आफ्नै साथीमाथि गोली चलाएको जानकारी दिएका छन्। उनका अनुसार नारायनपुर प्रहरी प्रमुख मोहित गार्ग घटनास्थल पुगेका छन्।
३५० किलोमिटरमा रहेको उक्त क्याम्पमा ४५ औं बटालियन रहेको छ। इन्डो–तिब्बतियन सीमा प्रहरी सन् १९६२ को भार चीन युद्धपछि स्थापना गरिएको भारतको पाँचौं वरीयताको अर्धसैन्य प्रहरी बल हो।