काठमाडौ. — आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कर्णाली प्रदेशको अध्यक्षमा भूपेन्द्र घर्ती मगर चयन भएका छन्।
प्रदेश राजधानी वीरेन्द्रनगरमा मंगलबार सम्पन्न प्रथम अधिबेशनले भूपेन्द्रको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो।
कार्यसमितिको उपाध्यक्षमा धर्मरत्न थापा र करिष्मा चौधरी, महासचिवमा सन्तोष घर्ती, संगठन सचिवमा सपना पुन मगर, संस्थागत सचिवमा डिलबहादुर चौधरी, कोषाध्यक्षमा राजेश कुमाल चयन भएका छन्।
यस्तै, सदस्हरुमा नरजन तामाङ, बविकिशोर गुरुङ, दीपा गाहा मगर, महिला सदस्यमा मनकला बुढा मगर र खीमा गुरुङ रहेका छन् भने अल्पसंख्यकबाट छफाल लामा सदस्य चयन भएका छन्।