काठमाडौं– लोकप्रिय गायक शंकर कडेलले आधुनिक गीत ‘पूर्णिमा’ पछि निकै मिठो लोकदोहोरी गीत ‘लर्के जोवन’ गाएका छन्। उनलाई आवाजमा लोकदोहोरी क्षेत्रकै बहुचर्चित गायिका बिमाकुमारी दुरा साथ दिएकी छिन्। शिव हमाल र ज्ञानेन्द्र शाही शब्द तथा ज्ञानेन्द्र शाहीको उत्कृष्ट लय सृजना रहेको गीतको संगीत संयोजना आशिष अविरलले गरेका छन्।
भर्खरै मात्र राग स्टुडियोमा रेकर्ड भएको हो। आधुनिक गीतमा आवाज दिँदै आएका शंकरका लागि यो पहिलो लोकदोहोरी गीत हो। आधुनिक गीतमा आवाज दिने गायक, गायिकालाई लोकदोहोरी गीत गाउँन कतिको सजिलो छ भन्ने प्रश्नमा शंकर थोरै गाह्रो भएको बताउँदछन्। हेर्दा नेपालका चल्तीका नायकहरु भन्दा उनी कमी छैनन्। विगतमा गीत गाएर अरुलाई भिडियोमा अवसर दिएँ। यसपटक एकजना नायक सँगै आफू पनि भिडियोमा देखिने उनले नेपाली पब्लिकलाई जानकारी दिएका छन्। पुर्खौली घर धादिङ् भएका शंकर हाल काठमाडौंका स्थायी बासिन्दा हुन्।
हाल उनी जर्मनमा रहेर ईन्जिनियरिङ् बिषय अध्ययन गरिरहेका छन्। छोटो समयको लागि नेपाल आएका शंकर यो गीतको सम्पूर्ण काम सकाएर पुन जर्मन फर्कने बताउँछन्। प्रदेशमा रहेर पनि नेपाली गीत संगीतमा सक्रिय रहेका उनलाई सबै विधाका गीतहरु उत्तिकै मन पर्छ। गायिका बिमाकुमारी दुरा दिदी सँगको यो सहकार्य गर्न पाउँदा आफूलाई एकदमै भाग्यशाली ठान्दछन्। केही दिनमा अडियोमा काम सकेर गीत छिट्टै बजारमा आउँने छ, उनको आफ्नै यूटूब च्यानल शंकर कडेल बाट बजारमा आउँने पनि उनले जानकारी दिए।