picture sorce : kantipur
काठमाडौं – अतिरिक्त शुल्क फिर्ताको माग गर्दै आन्दोलनरत विद्यार्थीहरुले पहिलो वर्षको परीक्षा बहिस्कार गरेका छन्।
नेशनल मेडिकल कलेज, चितवन मेडिकल कलेज, जानकी मेडिकल कलेज र युनिभर्सल कलेज अफ मेडिकल साइन्समा एमबीबीएस, बीडीएस र नर्सिङ अध्ययन गरिरहेका विद्याथीहरुले परीक्षा बहिस्कार गरेका हुन्।
चितवन मेडिकल कलेजका विद्यार्थीहरुले सडकमा नाराबाजी गर्दै प्रवेश पत्र जलाएका छन्। मंसिर १७ गते सरकार र निजी मेडिकल कलेजको सम्झौता पत्रमा एमबीबीएस र बीडीएस संकायअन्तर्गत पहिलो र दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीको मात्रै शुल्क समायोजन हुने सबै विद्यार्थीहरुको माग पूरा नहुने भन्दै उनीहरुले परीक्षा बहिस्कार गरेका हुन्।
चिकित्सा शिक्षा संघर्ष समितिका प्रवक्ता सुजन कडेरिया विकल्प केही नदेखेर परीक्षा बहिस्कार गरेको बताउँछन्। ‘आफ्नो मागको लागि परीक्षा बहिष्कार भन्दा ठुलो त्याग के हुन्छ र ? हामीले त आफ्नो भविष्य दाउमा राख्यौँ। ’सरकारले वार्ता गरेर माग पूरा गरे मात्र फेरि परीक्षा दिने संघर्ष समितिको निर्णय छ।
अझै पनि यो विषयमा सरकार गम्भीर नभए राजधानी केन्द्रित आन्दोलन गर्ने तयारी गरेको बताउँदै भन्छन्, ‘ यो भद्र आन्दोलनलाई पनि सरकाले बेवास्ता गरे हामी सबै कलेजका विद्यार्थीहरु काठमाडौँ आएर आन्दोलन गर्छौ।’
असहमतिको कारणहरु
मंसिर १७ गते भएको सरकार र निजी मेडिकल कलेजको सम्झौता पत्रमा एमबीबीएस र बीडीएस संकायअन्तर्गत पहिलो र दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीको मात्रै शुल्क समायोजन हुने सहमति छ। सहमती मान्य नहुने चिकित्सा संघर्ष समितिले घोषणा गरेको छ। सरकारले विद्यार्थीहरुसँग छलफल नै नगरी मेडिकल कलेजहरुलाई फाइदा हुने गरी सहमति गरेको संघर्ष समितिका प्रवक्ता सुजन कडेरिया बताउँछन्।
एमबीबीएस र बीडीएस तहको पहिलो र दोस्रो वर्षको शुल्क समायोजन गर्ने सहमति अमूर्त भएको संघर्ष समितिल ेबताएको छ। सहमतिमा नर्सिङ, फार्मेसी, बीपीएच, बीएमआईटीलगायत संकायमा तोकेभन्दा बढी शुल्क लिएको विषयमा नसमेटिएकाले पनि आन्दोलन नरोकिने संघर्ष समितिका प्रवक्ता कडेरिया बताउँछन्।
सहमतिमा आर्थिक वर्ष ०७४र०७५ र ०७५र०७६ मा भर्ना भएका विद्यार्थीको शुल्क समायोजन फिर्ता गर्ने भनिएको छ भने ०७२र०७३ र ०७३र०७४ मा भर्ना भएका विद्यार्थीको हकमा छानबिन गर्ने र उपयुक्त निर्णय लिन चिकित्सा शिक्षा आयोग समक्ष अनुरोध गर्ने उल्लेख छ।
कडेरियाले भन्छन्, ‘बाँकी ६ संकायका विद्यार्थी उपेक्षामा पारियो, सोही कारण हामीले परीक्षा बहिष्कार गरेका हौं।’