काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद्(साग) मा नेपालको स्वर्ण संख्या २९ पुगेको छ। नेपालका लागि तेक्वान्दोका सक्षम कार्कीले स्वर्ण दिलाएसँगै १३ औं सागमा स्वर्ण संख्या २९ पुगेको हो।
कार्कीले ग्यारोगीको ८७ केजी तौल समूहमा सक्षमले स्वर्ण जितेका हुन्। सातदोबाटोस्थित तेक्वान्दो हलमा बुधबार सक्षमले पाकिस्तानका वकर अली शाहलाई फाइनलमा २७–९ ले हराएका हुन्।
१३ औं सागमा २९ स्वर्ण जितेसँगै समग्रमा सागमा नेपालको स्वर्ण संख्या सय पुगेको छ। यसअघि नेपालले सन् १९८४ मा नेपालमा भएको पहिलो सागमा ४, बंगलादेशमा भएको १९८५ को दोस्रोमा १, भारतमा भएको १९८७ को तेस्रोमा २, पाकिस्तानमा भएको १९८९ को चौथोमा १, श्रीलंकामा भएको १९९१ को पाँचौमा २, बंगलादेशमा आयोजित १९९३ को छैटौंमा १ र भारतमा भएको १९९५ को सातौँमा ४ स्वर्ण हात पारेको थियो।
नेपालमा नै भएको १९९८ को आठौँमा ३१ स्वर्ण जितेको नेपालले पाकिस्तानमा सन् २००४ को नवौंमा ७, श्रीलंकाको २००६ को दशौँमा ७, बंगलादेशको २०१० को एघारौंमा ८ र भारतमा भएको २०१६ को १२ औं मा ३ स्वर्ण आफ्नो पोल्टामा पारेको थियो।
१३ औं सागमा जितेको स्वर्णहरुः
१.कराते (एकल काता)– मण्डेकाजी श्रेष्ठ
२.कराते (टिम काता, पुरुष ) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर
३.कराते (टिम काता ,महिला)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की
४.कराते (५५ केजी) – लक्ष्मण तामाङ
५.कराते(८४ केजीमाथि)–विप्लवलाल श्रेष्ठ
६.कराते (४५ केजी मुनी)– कुसुम खड्का
७.कराते (५० केजी मूनि) –अनु अधिकारी
८.कराते (६७ केजी) नवीन रसाइली
९.कराते (६८ केजी)– सुनिता महर्जन
१०. कराते (६८ केजी)– अनुपमा मगर
११.तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ
१२.तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु
१३.तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ
१४.तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य
१५.तेक्वान्दो पुम्से (२९ वर्ष माथि )( आयशा शाक्य र सञ्जिकुमार पाण्डे
१६.पुम्से महिला टिम (१७–२३ वर्ष) – निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना
१७.पुम्से महिला टिम (२३–२९ वर्ष) – निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई
१८. तेक्वान्दो (४६ केजी मुनि)– काजल श्रेष्ठ
१९. तेक्वान्दो (६८ केजी मुनि) – वीरबहादुर महरा
२०.ट्रायथलन – सोनी गुरुङ
२१.डुवाथोलन – हिमाल टमाटा
२२. उसु (थाउलो) – विजय सिन्जाली
२३. उसु (थाउलो) – सुस्मिता तामाङ
२४. उसु (थाउलो)– दीपक हमाल
२५.एथलेटिक्स (१० हजार मिटर)– सन्तोषी श्रेष्ठ
२६. साइक्लिङ (डाउनहिल) – राजेश मगर
२७. साइक्लिङ (डाउनहिल) – निश्मा श्रेष्ठ
२८. तेक्वान्दो (६२ केजी मुनि) – संगीता बस्याल
२९. तेक्वान्दो (८७ केजी ) – सक्षम कार्की