एजेन्सी– सुडानको राजधानी खार्तुममा एक सेरामिक उद्योगमा ग्याँस सिलिन्डर बिस्फोट हुँदा २३ जनाको मृत्यु भएको छ भने कम्तीमा पनि १ सय ३० जना घाइते भएका छन्।
उक्त उद्योगमा ठूलो संख्यामा भारतीयहरु कार्यरत छन्। भारतीय विदेशमन्त्री एस जयशंकरले घटनाको पुष्टि गर्दै कति भारतीय मारिए भन्ने स्पष्ट भइनसकेको बताइएको छ।
खार्तुमस्थित भारतीय दूतावासले एक सूची जारी गर्दै १६ भारतीय बेपत्ता भएको जनाएको छ। सात भारतीयको अस्पतालमा उपचार भइरहेको छ भने ३ जना आइसीयुमा छन्। कम्पनीमा काम गर्ने ३४ भारतीय सुरक्षित रहेको जनाइएको छ।