काठमाडौं– हल्ट इन्टरनेशनल विजनेश स्कुल र संयुक्त राष्ट्र संघ फाउन्डेशनको साझेदारीमा सञ्चालन हुने हल्ट पुरस्कार, बर्टिल हल्टद्वारा स्थापित वार्षिक प्रतियोगिता हो। यस कार्यक्रममा संयुक्त राष्ट्र संघको दिगो विकास योजना अन्तर्गत समाजमा विद्यमान रहेका विभिन्न समस्याहरु जस्तै खाना, सुरक्षा, खानेपानी, उर्जा र शिक्षालाई विषय बनाई त्यसको समाधान प्रस्तावना प्रतियोगि विद्यार्थीहरुले प्रस्तुत गर्न सक्नेछन्।
विश्वको १ सय २१ देशका विभिन्न विश्वविद्यालय तथा कलेजबाट दश लाख भन्दा विद्यार्थीहरु उक्त प्रतियोगितामा सहभागि हुनेछन्। ‘बोल्ड विजनेश फर बेटर प्लानेट’ भन्ने नाराका साथ सन् २०२० को हल्ट पुरस्कार प्रदान गरिने छ। उक्त प्रतियोगिताको विजेताले १० लाख अमेरिकी डलर अर्थात करिब ११ करोड ४३ लाख नेपाली रुपैंया पाउनेछन्। हल्ट पुरस्कार २०२० ले ५० औं पृथ्वी दिवश र संयुक्त राष्ट्र संघको ७५ औं वार्षिकोत्सवलाई पनि सम्बोधन गर्नेछ।
स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन विश्वविद्यालयले यस वर्षको अन्तर्राष्ट्रियस्तरको हल्ट पुरस्कार नेपाल टेलिकमको सहयोगमा यही मिति २०७६ साल मंसिर २१ गते शनिबार सञ्चालन गर्न गइरहेको छ। जसमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरुलका अप्राविधिक तथा गैर विज्ञान संकायका विद्यार्थीहरुले भाग लिई आफ्ना व्यवसायिक विचारहरु प्रस्तुत गर्नेछन्। जसमा बढिमा चारजना र कम्तिमा तीनजना विद्यार्थीहरुले समुह बनाई सहभागि हुन पाउने व्यवस्था रहेको छ।
यस वर्षको हल्ट पुरस्कारको अभिमुखीकरण कार्यक्रम देशका विभिन्न सहर जस्तै पोखरा, चितवन, काठमाडौं, भक्तपुर, ललितपुर, विराटनगर, नेपालगञ्ज, विरगञ्जका क्याम्पसहरुमा सञ्चालन गरिसकेको छ। यस कार्यक्रममा देशभरिका एक सय भन्दा बढी टिमहरु सहभागि हुनेछन्। जसमा विभिन्न क्षेत्रका विज्ञहरु तथा साझेदारी संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहने छ।
सन् २०१२ मा स्वायत्त संस्थाको रुपमा त्रिभुवन विश्वविद्यालयद्वारा व्यवस्थापन संकाय अध्ययनका लागि स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन विश्वविद्यालय स्थापना भएको थियो। स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहको व्यवस्थापन संकायको अन्तर्गत एम.बि.ए, एम.बि.ए आई टि र एम.एफ.सी विषयहरु अध्यापन हुन्छ।
स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन विश्वविद्यालयले तेस्रो पटक हल्ट पुरस्कारको आयोजना गर्न लागेको हो। हल्ट पुरस्कार कार्यक्रम श्रम मन्त्रालय र हल्ट पुरस्कारको सहयोगि आयोजक तथा साझेदारी संस्थाहरुकाे सहयाेगमा सञ्चालन हुनेछ।