तस्वीरः अनलाइन खबरबाट
काठमाडौं– नायिका पूजा शर्मा अहिलेकी सर्वाधिक व्यस्त र रुचाईएकी नायिका हुन्। भारतको सिलगुडीमा चलचित्र ‘संझना विर्सना’ को छायांकन धमाधम चलिरहेको छ। यो चलचित्रमा नायक आकाश श्रेष्ठ, नायिका पूजा शर्मा, कलाकार शिशिर राणा लगायतका कलाकारको मुख्य भूमिका छ।
चलचित्रमा नायिका पूजा शर्मा ‘संझना’ को भूमिकामा देखिएकी छिन्। पूजा आफैले नै आफ्नो चलचित्रको नाम र लुक्स सार्वजनिक गरेकी छिन्। चलचित्रमा पूजा कतै लजालु यूवतीको भूमिकामा देखिएकी छिन् भने कतै उनी एङ्ग्री अवतारमा देखिएकी छिन्। यो चलचित्रलाई निमेष प्रधानले निर्देशन गरिरहेका छन्। आदित्य प्रधान र रेविका प्रधान यो चलचित्रको लगानीकर्ता हुन्। पूजाको लुक्सले पनि चलचित्रप्रति कौतुहलता पैदा गरेको छ।
पछिल्लो वर्षमा नायक आकाश र नायिका पूजाको जोडीलाई लिएर चलचित्रमा काम गराउने निर्माताको संख्या बढिरहेको छ। साथै उनीहरुका फ्यानहरु पनि निकै बढेका छन्। चलचित्रको छायाङ्ंकन सिलगुडीपछि दार्जि्लिङ्ग र सिक्किममा हुनेछ।