काठमाडौं– लोकप्रिय संचारकर्मी दिपेन्द्र घिमिरेको शब्दमा गायिका मेनुका पौडेलको स्वर रहेको गीत ‘रङ्ग भित्रको’ भिडियो भर्खरै मात्र सार्वजनिक भएको छ। गीतमा एसडी योगीको संगीत रहेको छ भने संगीत संयोजन रिकेश गुरुङले गरेका हुन्।
एक रानीको राजा सँगको मायाको चाहा र रानीको मायाको चाहालाई बेवास्ता गर्ने राजाको कथा प्रस्तुत गरिएको सार्वजनिक गीतको भिडियोमा नायक निराजन प्रधान र नायिका नीता ढुंङ्गानाको अभिनय रहेको छ। भिडियोमा शान थापाको निर्देशन, अनिल के मानन्धरको छायाँङ्कन र सुप्रिम पराजुलीको सम्पादन छ। छोटो समयमै गीतको भिडियो एकदमै रुचाईएको छ।
https://www.youtube.com/watch?v=NLUFrYbX7eA